चोङरोङमा सिक्किम आमा सशक्तिकरण योजनाबारे अभिमुखी कार्यक्रम सम्पन्न

IMG-20220906-WA0229.jpg

गान्तोक: पश्चिम जिल्लाको योक्सम टाशीडिङ समष्टि अन्तर्गत चोङराङ खण्ड प्रशासनिक केन्द्रको सम्मेलन कक्षमा सिक्किम आमा सशक्तिकरण योजनाबारे कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा क्षेत्र विधायक एवं सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। यस अवसरमा धर्म मामिला विभागका सल्लाहकार आरएस भोटिया, सबै ६ वटै ग्राम पञ्चायतका पञ्चायत सभापति, सदस्यहरू, सामाजिक कल्याण विभागका अधिकारीगण, पञ्चायत कर्मचारीगण, लगायत अन्यको उपस्थिति रहेको थियो।

मुख्य अतिथिको आसनबाट बोल्दै विधानसभा उपाध्यक्ष साङ्गे लेप्चाले राज्यका आमाहरूको निम्ति शुरु गरिएको सिक्किम आमा सशक्तिकरण योजना मुख्यमन्त्रीद्वारा गरिएको एक महत्वपूर्ण कार्य रहेको विचार पोखे। यस योजनाअन्तर्गत उनले प्रत्येकलाई पक्षपात नगरी तृणमूल स्तरमा कार्य गरिदिन अपील गरे। राजनीतिक पूर्वाधार राखेर कसैलाई यस योजनाबाट वञ्चित नगर्नुपर्ने अनि आवश्यकहरूलाई योजनाबाट लाभ उठाउन आवश्यक पहल गरिदिन सबैलाई अपील गरे।

चोङराङ खण्ड विकास केन्द्रका पञ्चायत निरीक्षक बीएस सुब्बाले योजनाबारे प्रकाश पार्दै यसको निम्ति योग्यता, छनौट प्रक्रिया आदिबारे जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement