अफगानिस्तानले केही सुधारको साथ एक दशकभित्र आईसीसी टुर्नामेण्ट जित्न सक्ने स्टेनको दावी

IMG-20250301-WA0234

नयाँ दिल्ली: दक्षिण अफ्रिकाका महान पेस बलर डेल स्टेनको विचारमा तेजीको साथ अघि बढ़िरहेको अफगानिस्तानको टीमका खेलाड़ीहरूले मैदानमा संयमको साथ खेल्न सिके आउँदो दशकमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-को सीमित ओभरहरूका टुर्नामेण्ट जित्न सक्नेछ। अफगानिस्तानको टीम २०२३-को वनडे वर्ल्ड कपमा नक्आउट चरणमा स्थान बनाउने नजिक पुगेको थियो, जसमा उनीरूले पूर्व च्याम्पियन ईंग्ल्याण्ड, श्रीलंका र पाकिस्तानलाई पराजित गरेका थिए। यसरी गत वर्ष टी२० वर्ल्ड कपमा पनि टीमले सेमिफाइनलमा स्थान बनाएको थियो। यस अवधि उनीहरूले अष्ट्रेलियालाई टुर्नामेण्टबाट बाहिर गरेका थिए। आफ्नो देशमा युद्ध र अस्थिरता रहे पनि अफगानिस्तान सेतो बलको प्रारूपमा मजबूत टीम बनेको छ। स्टेनले भने, हामी यस्तो समयमा रहेका छौं जहाँ मानिसहरू संयमित हुँदैनन्। हामी इन्स्टाग्राम स्टोरी पनि मुश्किलले २ सेकेण्ड हेर्छौं अनि अफगानिस्तानका खेलाड़ीहरूले पनि क्रिकेट खेल्दा यस्तै गर्छन्। खेलमा संयम सबैभन्दा ठूलो कुरा हो जसलााई अफगानिस्तानका खेलाड़ीहरूले सिक्ने आवश्यकता छ। यस्तो गर्न सफल भए उनीहरूले आउँदो दशकमा निश्चित रूपले आईसीसी टुर्नामेण्ट जित्न सक्नेछन्।
स्टेनले भने, उनीहरू हरेक बलमा विकेट हासिल होस् भन्ने चाहन्छन्। उनीहरूसँग विकेट लिनको निम्ति योजना बनाउने संयम छैन। ब्याटिंगको क्षेत्रमा पनि त्यही छ। पहिलो ओभरदेखि नै ब्याटरहरू क्रीजमा यता उता कुदन थाल्छन् अनि प्रत्येक बलमा छक्का लगाउने प्रयास गर्छन्। उनीहरू ईनिंग्सलाई तेजीको साथ अघि बढ़ाउन चाहन्छन्। यस्तो गर्नु हुँदैन। ब्याटिंग गर्दा कुन बलमा शट् खेल्नु पर्छ अनि कुन बललाई सम्मान दिनु पर्छ भन्ने बुझ्नु पर्छ। यस क्षेत्रमा काम गर्न सके अफगानिस्तानसँग आईसीसी टुर्नामेण्ट जित्ने मौका रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement