काेचबिहार: उत्तर बंगालविकास मन्त्री उदयन गुहाले दिनहटा स्थित आफ्नो क्षेत्रमा मतदाता सूची जाँच गर्न थालेका छन्। उनले घरघर गएर नगरको १५ नम्बर वडाको मतदाता नामावली जाँच गरे। शीतलकुचीको मतदाता सूचीमा बंगलादेशी नागरिकको नाम समावेश भएकोमा मन्त्रीले बीएसएफको आलोचना गरेका छन्।