देउराली संघ नक्आउट फूटबलः प्रिजम सेभेन विजयी

IMG_20220906_215707.jpg

६ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा मंगलवार प्रिजम सेभेन (टिंगलिंग)-ले जीत हासिल गऱ्यो। रंगमोहन हाई स्कूल मैदानमा आज खेलिएको म्याचमा प्रिजम सेभेनले सेण्ट्रल बोइज (बाघडुग्रा)-लाई १-०-ले पराजित गऱ्यो। अब बुधवार खेलिने म्याचमा केके११ सिलगढ़ी र तुर्किने स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

Advertisement