सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अप्पर सिडर्स बुथ नम्बर २४/१७ काे एक सभा भातृ संगठन हिल तराई डुअर्स प्लान्टेशन वर्कर्स युनियनको शाखा समिति गठनार्थ सम्पन्न भएको छ। सभामा केन्द्रीय समिति सदस्य रतन छेत्री अनि खरसाङ महकुमा समिति उपाध्यक्ष तथा रंगमुक सिडर्स मुण्डा समष्टि चुनावी संयोजक प्रमेस राई प्रमुख रुपमा उपस्थित थिए। सभा रतन छेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको अप्पर सिडर्स शाखा समिति गठन गरिएको छ। नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुमा सभापति आरती राई कोइराला, उपसभापति चन्द्रिका सुब्बा, सचिव तेन छिरिङ तामाङ, सह सचिव विष्णु मंग्राती, कोषाध्यक्षा बिन्दु कोइराला, प्रमुख सल्लाहकारमा सुजित कोइराला, रतन छेत्री, पुरण सुन्दिस, निरुपा छेत्री, डेविड प्रधान, बिमल मंग्राती आदि चयन गरिएको छ। सभामा रंगमुक सिडर्स मुण्डा चियाबारीका सम्पूर्ण श्रमिकवर्गको समस्याबारे छलफल भएको थियो भने श्रमिकहरूको धेरै पीर मर्का परेको जस्तै – श्रमिकहरूले समयमा आफ्नो दैनिक हाजिरी खर्च, स्टाफहरुले मासिक तनाखासम्म पाउन सकिरहेका छैनन् । बगानको काम गरेर रिटायर्ड भएपछि केही गर्छु भन्ने सोँच राखेर काम गर्ने श्रमिकहरुले आफ्नो ग्राच्युटीसम्म पराउँदैनन् ,स्टाफ-सबस्टाफहरूको पदोन्नति भएको छैन लगायत यस्ता थुप्रै समस्याहरूलाई समाधान गर्न २३ मईदेखि नै भागोप्रमोको भातृ संगठन हिल तराई डुअर्स प्लान्टेशन वर्कर्स युनियनको पक्षबाट गेट मिटिङ सञ्चालन गरिएको छ। यसमा सम्पूर्ण श्रमिकवर्गको आवाजलाई बुलन्द पार्न सबैले सहभागिता जनाउने महकुमा समिति उपाध्यक्ष प्रमेश राईले आह्वान् गरेका छन्।