टीमको लगातार फ्लप प्रदर्शनपछि जोस बटलरको कप्तानी छोड़्ने फसेला

IMG-20250301-WA0135

नयाँ दिल्ली: च्याम्पियन्स ट्रफीको ग्रुप चरणमै बाहिर भएपछि जोस बटलरले ईंग्ल्याण्डको सेतो बलको कप्तानीबाट राजीनामा दिएका छन्। अब कराचीमा शनिवार दक्षिण अफ्रिकाविरुद्ध खेलिने म्याच कप्तानको रूपमा उनको अन्तिम म्याच हुनेछ। बटलरले भने, म ईंग्ल्याण्डको कप्तानी छोड़्न गइरहेको छु। यो मेरो निम्ति अनि टीमको निम्ति सही फसेला हुनेछ। अब बाज (ब्रेण्डन म्याककुलम)-सँग अन्य कुनै व्यक्ति आएर टीमलाई उँचाईमा पुऱ्याउने आशा छ। कप्तानी छोड़े पनि बटलरले ईंग्ल्याण्डको निम्ति खेल्न जारी राख्नेछन्। उनले भने, म वास्तवमा खेलको आनन्द लिन चाहन्छु। च्याम्पियन्स ट्रफीको प्रदर्शनले म अहिले पनि उदास र निराश छु। यो सब समयको साथ समाप्त हुने अनि टीमको सदस्यको रूपमा खेलको आनन्द लिन जारी राख्ने आशा गरेको छु। देशको प्रतिनिधित्व गर्नु ठूलो सम्मानको कुरा हो। म आफ्नो देशको प्रतिनिधित्व गर्न जारी राख्नेछु। ईयोन मोर्गनको उत्तराधिकारीको रूपमा बटलरले २०२२-मा सीमित ओभरहरूका प्रारूपमा ईंग्ल्याण्डको कप्तानी सम्हालेका थिए। उनले त्यस सालको अन्यमा अष्ट्रेलियामा टी२० वर्ल्ड कप जितेका थिए तर लगातार तीनवटा असफल आईसीसी आयोजन (२०२३-मा वनडे वर्ल्ड कप, २०२४-मा टी२० वर्ल्ड कप र च्याम्पियन्स ट्रफी)-मा निराशाजनक प्रदर्शनपछि उनीमाथि दबाउ सृष्टि भएको थियो। गत केही सालमा ईंग्ल्याण्डको प्रदर्शनमा लगातार ह्रास आएको छ अनि यसको निम्ति बटलरलाई जिम्मेवार मानियो। ईंग्ल्याण्डले बुधवार अफगानिस्तानविरुद्ध ८ रनले हारको सामना गर्नु परेको थियो। यस सालको टीमको १० वटा म्याचमा नवौं हारपछि नै बटलरले कप्तानी छोड़्ने संकेत दिएका थिए। म्याचपछि उनले सबै सम्भावनाहरूमाथि विचार गर्ने मत व्यक्त गरेका थिए। बटलरले पद छोड़ेपछि वर्तमान उपकप्तान ह्यारी ब्रूकले कप्तानी पाउने प्रबल सम्भावना रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement