डोपिंगको मामिलामा प्रतिबन्धले गर्दा सिनरको नाम लरियस पुरस्कारहरूको नामांकनबाट हटाइयो

IMG-20250301-WA0125

लण्डन: विश्वका नम्बर एक पुरुष टेनिस खेलाड़ी यानिक सिनरको नाम लरियस स्पोर्ट्सम्यान अव् द ईयर पुरस्कारको नामांकनबाट हटाइयो। इटलीको यस टेनिस खेलाड़ीमाथि डोपिंग जाँचमा विफल रहेको मामिलामा ३ महिनाको निम्ति प्रतिबन्ध लगाइएको छ। यसैकारण प्रतिष्ठित लरियस पुरस्कारहरूका निम्ति नामांकनबाट उनको नाम हटाइएको छ। लरियस वर्ल्ड स्पोर्ट्स एकाडमीका अध्यक्ष सीन फिट्जपेट्रिकले बताएअनुसार, विश्व डोपिंग रोधी एजेन्सी र सिनरबीच भएको सम्झौतापछि यस खेलाड़ीमाथि प्रतिबन्ध लगाइँदा यस्तो फसेला लिइएको हो। फिट्जपेट्रिकले भने, लरियस एकाडमीले यस विषयमा चर्चा गऱ्यो अनि यस सालको लरियस वर्ल्ड स्पोर्ट्सम्यान अव् द ईयर पुरस्कारको निम्ति यानिक सिनरको नामांकन फिर्ता लिने फसेला गरियो। गत वर्ष सर्बियाका दिग्गज टेनिस खेलाड़ी नोवाक जोकोविचले २०२३-को निम्ति लरियस स्पोर्ट्सम्यान अव् द ईयर-को पुरस्कार जितेका थिए। यसरी महिलाहरूमा स्पेनिस फूटबल स्टार ऐटाना बोनमाटीले सालकी स्पोर्ट्सवूमन अव् द ईयर-को पुरस्कार जितेकी थिइन्। यस सालको पुरस्कारहरूका निम्ति नामांकित गरिएका खेलाड़ीहरूको घोषणा सोमवार म्याड्रिडमा गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement