कैलालीमा भीषण असिना र पानी

IMG-20250301-WA0104

टीकापुर: कैलालीको दक्षिणी क्षेत्रमा भीषण असिना पानी परेको छ। आज बिहानै दक्षिणी क्षेत्रका भजनी नगरपालिका, टीकापुर नगरपालिकाका विभिन्न स्थानहरूमा भीषण असिनासहित पानी परेको हो।
हिउँदभरि वर्षा नहुँदा हिउँदेबाली उत्पादनमा कमी आउने आशंका बढिरहेका बेला भएको हिउँदे वर्षाले किसानहरूलाई राहत दिएको भए पनि वर्षासँगै परेको असिना पानीले भने बालीमा क्षति पुगाएको छ। 
भजनी नगरपालिकाका स्थानीय खेमराज पाण्डेले थोरै समयमा ठूलो मात्रामा असिना पानी पर्दा तोरी र गहुँबालीमा क्षति पुगेको बताए। ‘थोरै समयमा ठूलो संख्यामा असिना र पानी परेपछि तोरी र गहुँबालीमा क्षति पुगेको छ’, पाण्डेले भने, ‘धेरै समय परेको भए थप क्षति हुने थियो तर गहुँबालीका लागि भने सिँचाइसमेत भएको छ।’  
शुक्रवारदेखि मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात र तराई जिल्लामा पानी तथा असिना परेको हो। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement