पूर्व विद्यार्थीहरूद्वारा विद्यालयको युनिफर्मको रंग परिवर्तनको प्रतिवाद

21-14-42-Capture-1.png

सिलगढी: विद्यालयका विद्यार्थीहरूको युनिफर्मको रङ्ग परिवर्तनको प्रतिवादमा विद्यालयका पूर्व विद्यार्थीहरूले आन्दोलन शुरु गरेका छन्। न्यु जलपाईगढी रेलवे कोलनी उच्च विद्यालयका पूर्व विद्यार्थीहरूले आज स्कुलका विद्यार्थीहरूको साथमा एउटा रयाली निकाल्नको साथै स्कुलका प्रधानाध्यापकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। उक्त स्कुलका पूर्व छात्र आकाश रायले बताएअनुसार स्कुलको ड्रेससित स्कुलको चलिआएको परम्परा जोडिएकोले ड्रेसको रङ्ग परिवर्तन गर्नाले स्कुलको परम्परा नष्ट भएर जानेछ। यसैले गर्दा आज आफूहरूले स्कुल ड्रेस परिवर्तनको विरोधमा एउटा याली निकाल्नको साथै प्रधानाध्यपकलाई ज्ञापन पत्र चढाएको हो। अर्कोतिर, स्कुलका प्रधानाध्यापक डा. सिद्धार्थ शंकर बोसले भने, यदि स्कुल युनिफर्मको रङ्ग एउटै भए अन्य स्कुलका विद्यार्थीहरूलाई चिन्हित गर्न असुविधा हुनेछ। यसले गर्दा स्कुलमा कुनै पनि अप्रिय घटना घट्न सक्नेछ।

About Author

Advertisement