शीर्ष स्थानमा रहेर युनाइटेड ब्रदर्स सेमिफाइनलमा

photocollage_202252418430712.jpg

२४ मईः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत मंगलवार खेलिएको सुपर डीविजन लीगको म्याचमा गत विजेता युनाइटेड ब्रदर्सले जीतको क्रम जारी राख्यो। मेला ग्राउण्डमा लीग चरणमा आफ्नो अन्तिम म्याच खेल्न ओर्लिने युनाइटेड ब्रदर्सले बेको एफसीलाई २-०-ले पराजित गऱ्यो। म्याचमा युनाइटेड ब्रदर्सबाट सोनम लेप्चा र सुनिल सार्कीले गोल गरे। विजेता टीमले यस जीतलाई कालेबुङका पूर्व दिग्गज फूटबलर स्व. ढेण्डुप भूटियाप्रति समर्पित गऱ्यो। सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल ५ जूनमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement