विधायक अशोक लाहिरीले प्राथमिक विद्यालयको भ्रमण गरे

IMG-20250228-WA0175

बालुरघाट: दक्षिण दिनाजपुर जिल्लाको बालुरघाटका भाजपा विधायक अशोक लाहिरीले चक्रम प्राथमिक विद्यालयको भ्रमण गरे। उनले विद्यार्थीसँग समय बिताएर विद्यालय परिसरमा आदिवासी नायक चुर्का मुर्मुको स्मृतिमा माल्यार्पण गरेका थिए। उनले विद्यालयको शैक्षिक गुणस्तरमा सन्तोष व्यक्त गरेपनि शुद्ध खानेपानी नहुँदा आपत्ति जनाए।
यस क्रममा विद्यालय प्रशासनले स्मार्ट कक्षाका लागि प्रोजेक्टर उपलब्ध गराउन आग्रह समेत गरेको थियो। जिल्ला प्रशासन मार्फत निवेदन दिएमा विधायक कोषबाट रकम विनियोजन गर्ने विधायकले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement