आजदेखि तम्घासमा पुल्चोक क्रिकेट लिग

IMG-20250228-WA0171

गुल्मी: गुल्मीको पुल्चोक स्पोट्स क्लबले तम्घास चिदिचौर खेलमैदानमा आयोजना गर्न लागेको ‘पुल्चोक क्रिकेट लिगको चौथो संस्करण’ को सम्पूर्ण तयारी पूरा गरी शुक्रबारदेखि सुरु हुँदैछ। मार्च ३सम्म सञ्चालन हुने पुल्चोक क्रिकेट लिगको चौथो संस्करणमा आयोजकसहित चार क्लबले सहभागिता जनाउने क्लबका अध्यक्ष प्रकाश मरासिनीले जानकारी दिए।
क्लबका अध्यक्ष मरासिनीका अनुसार पुल्चोक क्रिकेट लिगको चौथो संस्करणमा आयोजक पुल्चोक स्पोट्स क्लब, फोर्टिन स्टार युवा क्लब, ब्रदर्श युथ सोसाइटी र दुविचौर टाइगरले भाग लिने भएका छन्। प्रतियोगितामा भाग लिने क्लब तथा टिमहरूले अक्सनमार्फत खेलाडीहरू खरिद गरिसकेका छन्। पुल्चोक क्रिकेट लिगको चौथो संस्करणका लागि अक्सनमा रहेका ६५ जना खेलाडीमध्ये ५२ जना खेलाडी अनुबन्धित गराइएको उनले बताए।
अक्सनबाट सर्वाधिक मूल्य पाउने सुरज थापा, गणेश थापा, एसएस–यू खेलाडी बने। अक्सनमार्फत १३/१३ जना खेलाडी छनोट भएका छन्। प्रतियोगिताका लागि आयोजकले प्रतियोगितामा सहभागी क्लबलाई खेलाडी खरिदका लागि एक लाख क्वाइनसम्म खर्च गर्ने व्यवस्था गरेको थियो। क्रिकेट खेल खेलिसकेका दुई/दुई जना मार्की र एक/एक जना टिम कप्तानका रूपमा सहभागी क्लब स्वयम्ले छनोट गरेका पुल्चोक स्पोट्स क्लबका महासचिव उमेश पाण्डेले बताए।
विगतदेखि नै पुल्चोक क्रिकेट लिगको आयोजना गर्दै आएको यस पुल्चोक स्पोट्स क्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा छात्रा फुटबल प्रतियोगिताको आयोजना समेत गर्दै आएको छ। यसरी क्लबले आयोजना गर्ने प्रतियोगिताले जिल्लाको खेल क्षेत्रसँगै आर्थिक विकासमा समेत टेवा पुर्‍याउने स्थानीयहरूले बताएका छन्। पुल्चोक क्रिकेट लिगको चौथो संस्करणका विजेताले ४० हजार रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र, उप-विजेताले पुरस्कार १० हजार रुपियाँ नगद र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement