१ सय ३ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

IMG-20250228-WA0169

सिलगढी: पुलिसले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। उसले ब्राउन सुगर अरु कसैलाई दिन लागेको र पुलिसले पक्राउ गर्नुअघि नै उनको साथबाट १सय ३ ग्राम ब्राउन सुगर बरामद भएको थियो। गएराति गोप्य सूचना पाएपछि खरीबारी पूलिस चौकीले खरिबारीको खानेपानी ट्याङ्की नजिकै ढाक्रु टर्नबाट मोटरसाइकलमा सवार एक जनालाई पक्राउ गरेको हो। पक्राउ परेका मोटरसाइकल चालकको खोजीका क्रममा १सय ३ ग्राम ब्राउन सुगर बरामद भएको छ। पक्राउ परेका आरोपी माधव क्षेत्री रहेको र उनी खरीबारी गोगरु जोत निवासी रहेको पुलिसले जनाएको छ। पक्राउ परेका व्यक्तिलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरियो। घटनामा संलग्न मोटरसाइकललाई खरिबारी पुलिसले नियन्त्रणमा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement