काठमाडौं: नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ। शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको हो।
श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन्। ‘उहाँको देहावसान भएकोबारे हामीलाई औपचारिक जानकारी भएको छ,’ सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले भने, ‘परिवार र आफन्तहरुले बेलुकी पशुपति आर्यघाटमा अन्त्येष्टी हुने जानकारी गराउनुभएको छ।’
बिरामी भएकी उनी केही दिनदेखि प्रहरी अस्पतालमा उपचाररत थिइन्। सघन उपचारकक्ष (आईसीयु)मा उपचार गराई स्वास्थ्यमा सुधार भएपछि उनलाई वार्डमा सारिएको थियो। वार्डमै उपचाररत रहँदा निधनको खबर आएको सूचना अधिकारी पाण्डेले बताए।
उनी ३ बैशाख २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन्। २० जेठ २०६५ मा उनले अवकाश पाएकी थिइन्। ८४ वर्षको उमेरमा उनको निधन भएको हो।