काठमाडौं: परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ।
राणाका सल्लाहकार एकराज पाठकले दिएको जानकारी अनुसार दोहाबाट आइरहेको कतार एयरलाइन्सको जहाज काठमाडौं ओर्लन नसकेपछि कोलकाता ल्यान्ड भएको हो।
काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको उनले बताए।