राष्ट्रिय मुक्ति पार्टीले राज्यको दमन र अन्याय विरुद्ध संघर्ष गरेर प्रतिरोध गर्न आह्वान

IMG-20250228-WA0155

काठमाडौं: राष्ट्रिय मुक्ति पार्टी नेपालले केन्द्रीय कार्यसमिति बैठकको निर्णय सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टी सभापति राजेन्द्र महतोले बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन्। सम्मेलनमा अध्यक्ष महतोले मुकुम्लुङ (पाथीभरा) सङ्घर्षमा राज्यबाट हुने दमन र अन्यायविरुद्ध सङ्घर्ष गरेर प्रतिरोध गर्न आह्वान गरेक़ो छ। उनले सरकारले स्थानीय राई र लिम्बु समुदायमाथि जातीय सफाइ गरी मानवीय अपराध गरेको बताए।
उनले भने, ‘मुकुम्लुङ (पाथीभरा) सङ्घर्ष आन्दोलनको मुकुम्लुङ बचाओ पदयात्रापछि मार्च २०, २१ र २२क़ो लिम्बूमा राज्यले गरेको निर्मम दमन जातीय सफाइ अर्थात मानवताविरुद्धको अपराध हो। प्रहरी ज्यादती, प्रतिशोध, आन्दोलनकारीलाई व्यवहार, झुटा मुद्दा, बेरोजगारीले राज्यको एकलौटी नीतिलाई उजागर गरेको छ। लिम्बुवानका भूमि संरक्षकहरूले शान्तिपूर्ण प्रतिरोध गरे पनि यसलाई अपराध भन्दै झुटा मुद्दा फैलाउने र धम्की दिने काम निरन्तर भइरहेको छ। राष्ट्रिय मुक्ति पार्टी नेपाल यस्तो अन्याय र अत्याचारको घोर भर्त्सना गर्दछ। आन्दोलनकारीलाई तत्काल रिहा गर्न र प्रहरी प्रमुखलाई कारबाही गर्न र सरकारको निरंकुशता विरुद्धको सङ्घर्षमा सहभागी हुन पार्टीले समस्त न्यायप्रेमी नेपाली जनतालाई आह्वान गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement