नेपाल-भारत खुला सीमा सम्वाद समूह र कपडा बैंक नेपालद्वारा हेल्पडेस्क सञ्चालन

IMG-20250228-WA0148

जनकपुरधाम(देवेन्द्र किशोर ढुङ्गाना): मिथिला मध्यम परिक्रमाअन्तर्गत नेपाल-भारत खुला सीमा संवाद समूह र कपडा बैंक नेपालको संयुक्त आयोजनामा ​​भक्तजन, सन्त तथा सम्पूर्ण तीर्थयात्रीको स्वास्थ्य सुविधालाई ध्यानमा राखी १५ दिने परिक्रमाका लागि आजदेखि हेल्पडेक्स सञ्चालनमा आएको छ। क्लथ बैंक नेपालका कार्यालय सचिव कृष्णकुमार साहले नेपालतर्फ पर्ने ११ वटा हल (बास)मा हेल्पडेस्क सञ्चालन गरिने जानकारी दिए।
आजको कार्यक्रम हेल्पडेस्कका सहसंयोजक रुबी झाको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका कार्यालय सचिव कृष्णकुमार साह, कपडा बैंक नेपालका सचिव मनिष श्रीओम, बाल अभियानकर्ता आदित्य झा, धनेश्वर ठाकुरको विशेष उपस्थिति रहेको थियो। यसका साथै एसआइएएचबी दिलीप मिश्र लगायतका सदस्यहरुले यात्रुहरुलाई स्वागत गर्दै उनीहरुको स्वास्थ्य परीक्षण तथा आवश्यक सामग्री वितरण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल-भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष डा राजीव झाले मिथिला मध्यम परिक्रमाको उद्देश्य र यसको सांस्कृतिक तथा धार्मिक महत्वबारे प्रकाश पारेका थिए।
संस्थाका प्रवक्ता तथा सञ्चारकर्मी प्रमोदकुमार साहले हरेक वर्ष आवश्यक स्वास्थ्य सहयोग, खानेपानी, बेपत्ता यात्रुको खोजी लगायतका सुविधा उपलब्ध गराई परिक्रमा यात्रीको यात्रा सहज बनाउन संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement