न्यू दिल्ली: युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की संयुक्त राज्य अमेरिका भ्रमणमा पुगेका छन्। युक्रेनी राष्ट्रपतिले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने जनाइएको छ।
ट्रम्प र जेलेन्स्कीबीच युक्रेनको खनिज पदार्थमा अमेरिकी पहुँचको विषयमा सम्झौता हुने जनाइएको छ। उक्त सम्झौतापछि अमेरिकाले युक्रेनको दुर्लभ खनिज पदार्थमा पहुँच प्राप्त गर्ने दाबी गरिएको छ।
अधिकारीहरुले वर्तमान र पूर्व अमेरिकी अधिकारीहरूले युक्रेनमा दुर्लभ पृथ्वी खनिज र अन्य खनिज सम्पदा थोरै रहेको र त्यहाँ जे छ त्यो पूर्व युद्धग्रस्त क्षेत्रबाट निकाल्न गाह्रो र असम्भव पनि हुने बताएका छन्।
ट्रम्पका अनुसार यो सम्झौता अमेरिकी करदाताहरूका लागि धेरै लाभदायक हुने छ। यसले युक्रेनलाई सहयोग गर्न खर्च भएको अर्बौं डलरको क्षतिपूर्ति दिनेछ। अमेरिकी अधिकारीहरू र विज्ञहरू यस सम्झौताको बारेमा शंका व्यक्त गरेका छन्। सीएनएनको रिपोर्ट अनुसार विज्ञले उक्त कार्य त्यति सजिलो नभएको बताएका छन्। युक्रेनमा दुर्लभ खनिज छ भन्ने कुनै ठोस जानकारी नभएको उनीरहरुको भनाइ छ। यी तथ्याङ्कहरू पुराना र सोभियत युगका नक्सामा आधारित रहेको जनाइएको छ। विज्ञहरूका अनुसार युक्रेनमा उपलब्ध खनिजहरूको मात्रा विश्वव्यापी स्तरमा धेरै कम छ।