रावलपिण्डी: आयोजक पाकिस्तान र बंग्लादेशबीच आईसीसी च्याम्पियन्स ट्रफी २०२५-को म्याच वर्षाले गर्दा बिहीवार रद्द भयो। टुर्नामेण्टमा २ वटा हारको साथ बिदा लिएपछि पाकिस्तानका कप्तान मोहम्मद रिजवानले उनले टीमले टुर्नामेण्टमा असल प्रदर्शन नगरेको स्वीकार गरे। रावलपिण्डी क्रिकेट स्टेडियममा बिहीवार खेलिने ग्रुप ए-को अन्तिम म्याच वर्षाले गर्दा टस पनि नभइ रद्द भयो। पाकिस्तानको आयोजक देशको रूपमा च्याम्पियन्स ट्रफीमा प्रदर्शन निराशाजनक रह्यो। टीमले पहिला न्यूजील्याण्डविरुद्ध ६० रनले अनि पछिबाट भारतविरुद्ध पनि ६ विकेटले हारको सम्मुखीन हुँदा टीम ग्रुप चरणमै बाहिर भयो। रिजवानले भने, हामी आफ्नो देशमा असल प्रदर्शन गर्न चाहन्थ्यौं। हामीले असल प्रदर्शन गरेनौं अनि यो हाम्रो निम्ति निराशाजनक थियो। हामीले गत केही म्याचहरूमा गल्तीहरू गऱ्यौं अनि यसबाट शिक्षा लिन सक्नेछौं। हामी अब न्यूजील्याण्ड जानेछौं अनि त्यहाँ असल परिणाम हासिल हुने आशा छ। ग्रुप ए-मा पाकिस्तान नेट रन रेटको आधारमा पोइण्ट्स टेबलको अन्तमा रह्यो। यस ग्रुपबाट भारत र न्यूजील्याण्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ।