दुबई: ईंग्ल्याण्डका पूर्व कप्तान केविन पीटरसनलाई दिल्ली क्यापिटल्स (डीसी) -ले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५ सीजनको निम्ति आफ्नो टीमको मेण्टर नियुक्त गरेको छ। पीटरसन डीसी कोचिंग स्टाफहरूमा सामेल हुनेछन् जसमा मुख्य प्रशिक्षक हेमंग बदानी, क्रिकेट निदेशक वेणुगोपाल राव, बलिंग प्रशिक्षक मुनाफ पटेल र सहायक प्रशिक्षक म्याथ्यू पोट पनि रहेका छन्। पीटरसनले पहिलोपल्ट कुनै क्रिकेट टीमसँग सहायक स्टाफको भूमिका निर्वाह गर्नेछन्। पीटरसनले आईपीएलमा दिल्ली डेयरडेविल्स (अहिले दिल्ली क्यापिटल्स) को प्रतिनिधित्व गरिसकेका छन्। उनले १७ वटा म्याचमा यस टीमको कप्तानी पनि गरेका थिए। दक्षिण अफ्रिकामा जन्मिएका पीटरसनले आईपीएलमा दिल्ली डेयरडेविल्स, रोयल च्यालेञ्जर्स बेंगलुरु, सनराइजर्स हैदराबाद र पुणे फ्रेञ्चाइजीको निम्ति ३६ वटा म्याच खेलेर १००१ रन बनाएका छन् यसरी आफ्नो असाधारण अन्तर्राष्ट्रिय करियरमा पीटरसनले १०४ वटा टेस्ट म्याच खेलेर ८१८१ रन बनाएका छन् । यसरी नै उनले १३६ वटा वनडे म्याचमा ४४४० रन बनाएका छन्। दिल्ली क्यापिटल्सका सह-मालिक पार्थ जिन्दलले भने, केपी (पीटरसन) आधुनिक समयका सर्वश्रेष्ठ ब्याटरहरूमा एक थिए अनि उनलाई हाम्रो टीममा सामेल गर्न पाउँदा हामी खुशी छौं। हामी उनको साथ काम गर्न उत्सुक छौं। उनले चाँड़ै टीमसँग काम शुरु गर्नेछन्।