सिलगढीमा करोडौंको अफिम बरामद, चार पक्राउ

IMG-20250227-WA0248

सिलगढी: सिलगढीमा करोडौंको अफिम बरामद भएको छ। गोप्य सूचनाको आधारमा न्यू जलपाईगुडी पुलिसले छापा मारेर ठूलो परिमाणमा अफिम बरामद गरेको हो।
न्यू जलपाईगुडी थाना अन्तर्गत फुलबाडीमा चार जनालाई पक्राउ गरी उनीहरुको साथबाट ५ किलो ३०० ग्राम अफिम बरामद गरिएको छ। उक्त अफिमको बजार मूल्य करोडौं रुपैयाँ रहेको पुलिसको अनुमान छ।
यो अफिम असमबाट बिहारमा तस्करी गर्ने योजना थियो। न्यू जलपाईगुडी थानाको पुलिसले सिलगढीको फुलबाडीमा छापा मारेर अफिम बरामद गरेको छ।
पक्राउ परेका सबै चारजना असमका बासिन्दा हुन्। पक्राउ परेकाहरुको नाम बख्तियार अली, अबु बकर, नासिर अली र वाहिद अली रहेका छन्।
न्यू जलपाईगुडी पुलिसले गिरफ्तार व्यक्तिहरूलाई भोलि जलपाईगुडी अदालतमा पेश गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement