जङ्गलमा जलेको शव फेला

IMG-20250227-WA0249

सिलगढी: दिउँसो साहूडांगीकाे जङ्गलबाट जलेको अवस्थामा एक मानव शव फेला परेको छ।
साहुडांगीको फाराबाड़ीको बलरामपाडामा रहेको सानाे तेजपत्ता बगैंचामा शव फेला परेपछि सनसनी मच्चिएको छ। अहिले याे हत्या वा आत्महत्या थियाे भन्ने खुल्न सकेको छैन।
बिहीबार दिउँसो फाराबाड़ीको बलरामपाडामा रहेको सानो बेपत्ता बगैंचामा जलेको शव स्थानीयले देखेका थिए। स्थानीयहरुले शव देखने साथ
भोरेर आलो पुलिस चौकीलाई खबर गरे।
पुलिसले आएर शवलाई आफ्नो नियन्त्रणमा लिए र पोस्टमार्टमको लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाए। तर, अहिलेसम्म उक्तट शवकाे नाम र परिचय खुल्न सकेको छैन।
तर, युवकको उमेर ३४/३५ वर्षको आसपास रहेको पुलिसको अनुमान छ। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement