गान्तोक: अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घको स्थापना दिवस ‘२६ फरवरी’ लाई
सिक्किम सरकारले सरकारी विदा घोषणा गरेको छ। सिक्किम सरकारको गृह विभागले आज एउटा अधिसूचना जारी गरेर 26 फरवरी, २०२६ देखि सबै सरकारी कार्यालयहरू, सार्वजनिक क्षेत्रका उपक्रमहरू र शैक्षिक संस्थानहरूमा सरकारी विदा रहने जानकारी गराइएको छ।
उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो पश्चिम सिक्किमको गेजिङस्थित क्योङ्सा खेलमैदानमा आयोजित अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घको ३०औं स्थापना दिवस समारोहमा २६ फरवरीलाई सरकारी विदा घोषणा गर्ने बताएका थिए।
उनले राज्यका खस समुदायको उल्लेखनीय योगदानको कदर गर्दै सङ्घको स्थापना दिवसलाई सरकारी विदा घोषणा गर्ने बताएका थिए। मुख्यमन्त्रीले घोषणा गरेको दोस्रो दिन आज सिक्किम सरकारले अधिसूचना पनि जारी गरेको छ।