गान्तोक: तिब्बती नयाँ वर्ष तथा लोसार पर्वको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यवासीलाई शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आफ्नो शुभकामना संदेशमा लोसार पर्वले प्रेम, भातृत्व, सहिष्णुता र साम्प्रदायिक सद्भावको परम्परालाई प्रतिनिधित्व गर्ने जुन अनादिकालदेखि नै सिक्किमको समृद्ध सम्पदाको अभिन्न अङ्ग रहँदै आएको बताएका छन्।
लोसार पर्वले नयाँ आशा र अवसरहरू ल्याउने जसले राज्यवासीमा सकरात्मकता, नवीन ऊर्जा र अटल प्रतिवद्धता जगाउने मुख्यमन्त्री प्रेमसिहं तामाङले शुभकामना संदेशमा थप बताएका छन्। यसको साथै यस विशेष अवसरले राज्यवासीको जीवनमा सुख-शान्ति र समृद्धि ल्यावोस भन्ने पनि उनले कामना गरेका छन्।