गेजिङ: राज्यका राज्यपाल ओमप्रकाश माथुरको गेजिङ जिल्लाको दुई दिने आधिकारिक भ्रमण आजदेखि शुरू भएको छ। भ्रमणको पहिलो दिन राज्यपाल माथुरले गेजिङ जिल्ला पञ्चायत भवनमा विभिन्न विभागीय अधिकारीहरूसँग अन्तर्क्रिया गरेका थिए। राज्यपाल माथुरको स्वागतका लागि गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी. डेन्जोङपा, जिल्ला पञ्चायत अध्यक्ष, उपाध्यक्ष तथा अन्य सरकारी अधिकारीहरू उपस्थित थिए। अन्तर्क्रियाको क्रममा राज्यपालले जिल्लाका विकास योजनाहरू, प्रशासनिक कार्यसम्पादन तथा जनसरोकारका विषयमा जानकारी लिएका थिए। उनले समग्र विकास प्रक्रियामा समन्वय र प्रभावकारी कार्यान्वयनको आवश्यकतामाथि जोड़ दिँदै स्थानीय प्रशासनलाई पूर्ण रूपमा जनकल्याणमा केन्द्रित भएर काम गर्न आग्रह गरे। यस भ्रमणका क्रममा महामहिम राज्यपालले जिल्लाका विभिन्न महत्वपूर्ण परियोजनाहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ। स्थानीय अधिकारीहरूका अनुसार, यो भ्रमण गेजिङ जिल्लाको समग्र विकासलाई तीव्र गति दिने दिशामा शुरु गरिएको छ। राज्यपाल माथुरको भ्रमणले स्थानीय प्रशासनलाई थप प्रोत्साहन मिल्नुका साथै विकास योजनाहरूको कार्यान्वयनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।