निर्देशक अनुराग बासुले गरे सिक्किमका मुख्यमन्त्रीसित भेट

IMG-20250227-WA0258

गान्तोक: मर्डर (२००४), ग्याङ्गस्टर ए लभ स्टोरी (२०२६), लाइफ इन ए मेट्रो (२००७) र बर्फी (२०१२) जस्ता सफल अनि चर्चित चलचित्रलाई निर्देशन गरिसकेका सफल निर्देशक अनुराग बासुले आफ्नो आगामी चलचित्रको छायाङ्कन सिक्किममा गर्ने भएको छ। म्यूजिकल लभ स्टोरी भनिएको उक्त चलचित्रमा कार्तिक आर्यान र श्रीलीला मुख्य भूमिकामा रहनेछन्।
चलचित्रको छाङ्कनको तयारी सम्बन्धमा अहिले निर्देशक बासु गान्तोकमा छन्। यसै अवधि आज उनले मुख्यमन्त्री प्रेमसिंह तामाङसित उनको सरकारी आवास मिन्तोकगाङमा शिष्टाचार भेट गरे। यस अवसरमा मुख्यमन्त्री र उनीबीच चलचित्रलाई लिएर चर्चा भयो। मुख्यमन्त्रीले सिक्किममा छायाङ्कन हुनलागेको बलिवुड चलचित्रलाई लिएर उत्सुक्ता देखाउँदै निर्देशक बासु र उनको टीमलाई सिक्किम सरकार र राज्यवासीको पक्षमा न्यानो स्वागत जनाए।
पछि मुख्यमन्त्रीले सामाजिक सञ्जालमा चर्चित बलिवुड निर्देशकसितको भेटघाट बारे जानकारी गराउँदै यस परियोजनाले सिक्किमलाई चलचित्र छायाङ्कनको एक आदर्श गन्तव्यको रुपमा स्थापित गर्ने आशा व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement