मंगनमा अन्तरराष्ट्रिय महिला दिवस पालन

IMG-20250227-WA0255

मंगन: मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आज जिल्लास्तरीय अन्तराष्ट्रीय महिला दिवस पालन गरियो। जिल्ला प्रशासनिक केन्द्र र सिक्किम इन्सपार्यसको संयुक्तरूपमा आयोजित कार्यक्रमले महिला र युवाहरूको सहभागितालाई लक्षित गरिएको थियो। सिक्किम इन्स्पायर्ससँगको सहकार्यमा भएको कार्यक्रमले आमाहरूलाई बाल्यकालको शोक र रुचिमा पुन: जोड्ने कार्य गरिएको थियो। जिल्लाको ग्रामीण विकास विभाग मंगनद्वारा कार्यक्रमको तयारी गरिएको थियो। कार्यक्रममा मुख्य अतिथिकोरूपमा जिल्ला पञ्चायत उपाध्यक्ष सोनाम किपा भोटियाले महिलाहरुको सशक्तिकरणमाथि जोड़ दिइन्। उनले महिलाहरूमा जीवन, उपलब्धि, प्रतिभा, शौक, संघर्ष र खुशी मनाउन यो कार्यक्रम आयोजना गरिएको बताइन्। उनले माङशिलाकी महिला ट्याक्सी चालक धनकुमारी लिम्बूको प्रशंसा गरिन्, जसले पुरुषप्रधान मानिने पेशामा उत्कृष्ट काम गरेकी छिन्। उनले लिम्बूलाई सबै महिलाहरूको लागि प्रेरणा र उदाहरण बताइन्। उनले महिलाहरूलाई आफ्नो प्रतिभा देखाउन अवसरलाई सदुपयोग गर्ने प्रोत्साहित गरिन्। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्यमा विभिन्न महिला-केन्द्रित योजनाहरू मार्फत महिलाहरूलाई सहयोग गरिएको बताइन् र सबैलाई योजनाहरूको फाइदा उठाउन आग्रह गरिन्। छुङङ किपु लेप्चाले आफ्नो संक्षिप्त सम्बोधनमा समाजमा महिलाको भूमिकाको महत्त्वकोबारेमा जानकारी गराइन्। उनले महिलाहरूलाई उनीहरूको उन्नतिको लागि अवसर दिएकोमा सिक्किम सरकारको प्रशंसा गरिन्। सोही क्रममा मंगन जिल्लाकी पार्षद छिरिङ डोमा भोटियाले अन्तर्राष्ट्रिय महिला दिवसको महत्व र संक्षिप्त इतिहासबारेमा अवगत गराइन्। उनले समाज अघि बढेमा मात्र महिलाहरूलाई सम्मान र सशक्त बनाउन सक्ने मन्तव्य प्रकट गरिन्। उनले महिलाहरूलाई व्यापकरूपमा लाभ पुर्यामउने सेवा प्रदान गर्न मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वको कारण सफल भएको बताइन्। कार्यक्रममा स्वयं सहायता समूहका सक्रिय कार्यकर्ताहरूलाई सम्मान जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement