गान्तोक: सेभोके–राङ्पो रेलवे परियोजना (एसआरआरपी) को चालु प्रगतिको मूल्याङ्कन गर्न बिहीबार, ताशिलिङ्ग सचिवालयमा महत्वपूर्ण समीक्षा बैठक भएको छ।
बैठकको अध्यक्षता मुख्य सचिव आर. तेलंग (आईएएस), राज्य सरकारका विभिन्न विभागका वरिष्ठ अधिकारीहरू र हितेंद्र गोयल, सीएओ/एनएफआर र रेन्या एटा, सीजीएम (इरकॉन) सहित नॉर्थ ईस्ट फ्रंटियर रेलवे (एनएफआर)का प्रतिनिधिहरू उपस्थित थिए।
बैठकमा परियोजनाको पूर्वाधार विकास, परियोजनाको समयसीमा र कार्यान्वयनका क्रममा देखिएका चुनौतीलगायतका मुख्य विषयहरूमा छलफल गरियाे।
अधिकारीहरूले सेभोकेदेखि राङ्पोसम्मको ४५ किलोमिटर लामो रेलमार्गको अद्यावधिक उपलब्ध गराए, जसमा ७० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ।
यात्रु र मालवाहक दुबै रेलहरू चलने याे रेललाइन डिसेम्बर २०२७ सम्ममा पूरा हुने अपेक्षा गरिएको छ जसले क्षेत्रीय यातायातमा उल्लेखनीय सुधार र वृद्धि हुनेछ।
परियोजनाको महत्वपूर्ण उपलब्धि मध्ये सेभोक स्टेशन यार्डको निर्माण सम्पन्न हुनु शामिल छ भनेे राङ्पोको लागि विश्व स्तरीय रेलवे स्टेशनको योजना रहेको छ।
यसबाहेक परियोजनाकाे आगामी चरणका बारेमा पनि छलफल भयाे।
यस परियोजनाकाे दोस्रो
चरणमा राङ्पोदेखि गान्तोकसम्म रेलवे लाइन विस्तार गरिने छ, जसले सिक्किमको राजधानी पुग्न सुधार गर्ने अपेक्षा गरिएको छ भनेे तेस्रो चरणमा यसको विस्तार नाथुलासम्म गरिने छ। याे विस्तार रणनीतिक रूपमा पनि महत्वपूर्ण हुने छ।
नाथुला विस्तारको प्रस्ताव गर्ने चरण ३ लाई रणनीतिक रूपमा पनि महत्त्वपूर्ण विकासको रूपमा मूल्याङ्कन गरिएको छ।
मुख्य सचिव आर. तेलंगले क्षेत्रीय संपर्क बृद्धि गर्न र राज्यमा आर्थिक विकासलाई सुविधाजनक बनाउन यस परियोजनाको महत्त्वमाथि जोड दिए।










