अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको पूर्वी सताली क्षेत्रमा हात्तीले फेरि आक्रमण गरेको छ र बालीनालीमा क्षति पुर्याएको छ।
बुधवार अबेर राति एउटा हात्ती बक्सा बाघ परियोजना जंगलबाट यसो क्षेत्रमा पसेर उत्पात मच्चाएको बताइएको छ।
हात्तीको आक्रमणबाट सो क्षेत्रका सुपारी र केरा बगानमा क्षति पुगेको छ।
सूचना पाएलगत्तै वनकर्मी घटनास्थलमा पुगेर हात्तीलाई जंगलतर्फ पठाए पनि हात्तीको लगातार आक्रमणले स्थानीयवासी आतंकित भएका छन्।