खरसाङ: जोइन्ट फोरमले बिहिवार खरसाङकाे रोहिणी चियाबारीमा श्रमिकहरुसित सभा बसेर चियाबारी श्रमिकहरुको समस्या समाधानका लागि सरकारले १५ दिनभित्रमा कुनै पहल नगरे साथै समाधानको लागि सरकारले कुनै सभा नबोलाए जोइन्ट फोरमले वृहत् आन्दोलन गर्ने चेतावनी दिएका छन्। जोइन्ट फोरमको तर्फबाट रोहिणी चियाबारीमा श्रमिकहरुसित सभा गरेर हिजो राज्यको श्रम मन्त्रीलाई तीन बूँदे मांग चढाएको विषयमा श्रमिकहरुलाई जानकारी गराएका छन्। रोहिणीमा भएको सभामा जोइन्ट फोरमको तर्फबाट क्रामाकपाको युनियन दार्जिलिङ तराई डुवर्स चियाबारी मजदुर युनियनबाट सुनिल राई, गोजमुमो युनियन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन केन्द्रीय अध्यक्ष सुरज सुब्बा, भाजपाको युनियन भारतीय मजदुर युनियनका पूर्व राज्य सचिव विश्वजीत गुहा, माकपाको युनियन दार्जिलिङ जिल्ला चियाबारी मजदुर युनियनबाट सचिन खाती र रोहिणी युनिटकी सभापति अनिमा खवास आदिले श्रमिकहरुलाई सम्बोधन गरेका थिए। वक्ताहरुले हिजो राज्यको श्रम मन्त्री मलय घटकलाई तीन बूँदे मांग पत्र चढाएको जानकारी गराएका छन्। यसमा वर्ष २०२३-२४ को रहल ४ प्रतिशत बोनस साथै वर्ष २०२४-२५ को बीस प्रतिशत बोनस, चियाबारीको 30 प्रतिशत जमीन बिजिनेसको लागि दिने विषयमा साथै चियाबारी श्रमिकहरुको लागि निम्नत्तम रोजगार अधिनियम लागु गराउने विषयमा ३ बूँदे मांग चढाएको विषयमा श्रमिकहरुलाई जानकारी गराएका छन्। यी विषयहरूमा समस्या समाधानका लागि सरकारले १५ दिनभित्रमा पहल कुनै पहल नगरे साथै सभा नबोलाए जोइन्ट फोरम वृहत् आन्दोलनमा जाने वक्ताहरुले बताएका छन्। यस सभामा गोरामुमो समर्थित श्रमिक संगठन एचपीडब्ल्युयुको केन्द्रीय उप सभापति धिराज राई, खरसाङ ब्राञ्च कमिटीको सचिव बीरेन्द्र छेत्री, युनिट कमिटीको अनिल तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। यस सभामा जोइन्ट फोरमको तर्फबाट माकपाको दार्जिलिङ जिल्ला चियाबारी मजदुर युनियनका सदस्य सचिन खातीले आफ्नो सम्बोधनमा बीस प्रतिशत बोनस भुलेका छैनौं भनी बुझाउन आएको भनी बताएका छन्। उनले भने, हामी नेतृत्वले बीस प्रतिशत बोनस भुलेका छैनौं। सरकारले यस विषयमा सभा बोलाउनुपर्छ। किनभने बीस प्रतिशत बोनस सेटल भएको छैन। हामी बीस प्रतिशत बोनसको मांगमा अडिग छौं अनि लडाई जारी छ। जोइन्ट फोरमले बीस प्रतिशत बोनसको मांगलाई सेटल गराउने मांग गरेका छौँ।’
खातीले अघि भने, सरकारले चियाबारी श्रमिकहरुको लागि निम्नत्तम रोजगार अधिनियमको पनि घोषणा गर्नुपर्छ किनभने अ। हामी २५० रुपियाँ हाजिरामा हामीलाई पुग्दैनौं।’
सभापछि पत्रकारहरुसित कुराकानी गर्दै जोइन्ट फोरमको तर्फबाट सुनिल राईले भने, बुधबार हामीले बंगालको श्रममन्त्री मलय घटकलाई भेटेर कुरा गरेका छौँ। हामीले स्पष्ट रुपमा भनेका छौं कि २०२३-२४ को रहल ४प्रतिशत बोनस झट्टै दिनुपर्छ। निम्नत्तम रोजगार अधिनियम पनि लागि गरिनुपर्छ र यसको पनि सरकारले घोषणा गर्नुपर्छ। यसको साथै २०२४-२५ को बोनस पनि बीस प्रतिशतको दरले हुनुपर्छ र यसको लागि पनि सरकारले झट्टै सभा बोनाउनुपर्छ भनी मांग गरेका छौँ।’
सुनिल राईले अघि भने, ‘आगामी दिनमा श्रमिकहरुलाई तयारी भएर बसिदिने आह्वान् गर्दछौं। हामी कुनै पनि जाति, पार्टी र धर्म हेर्दैनौं तर श्रमिकहरुको लागि अघि बढेर संयुक्त रुपमा कार्य गरिरहेका छौँ।’
उनले अझ भने, ‘सरकारले चियाबारी श्रमिकहरुको समस्या समाधानका लागि झट्टै पहल गरिदिनु पर्ने साथै समाधानको लागि झट्टै सभा बोनाउनुपर्छ अनि यसको लागि सरकारलाई १५ दिनको समय दिएका छौं।यदि १५ दिनभित्रमा पनि कुनै पहल नगरे साथै समाधानको लागि कुनै सभा नबोलाए जोइन्ट फोरमले वृहत् आन्दोलन गर्नेछ।’
यसै क्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै सुरज सुब्बाले भने,’पहिलो चियापत्ती टिपाई दार्जिलिङ पहाडको चियाबारी उद्योगको लागि मेरुदण्ड हो। हाम्रो मांग श्रमिकहरुको हक र अधिकारका लागि हो।’
सुरज सुब्बाले हिजो कोलकोतामा राज्यको श्रम मन्त्री मलय घटकलाई भेटेर चियाबारी श्रमिकहरुको समस्या समाधानका लागि पहल गरिदिने र २०२३-२४ को रहल बोनस विषयमा सरकारले झट्टै सभा बोलाउनु पर्ने मांग गरेका छौँ र मन्त्रीले एक हप्ताभित्र सभा बोलाउने भएको छ। त्यसरी नै हामीले २०२४-२५ को लागि पनि बीस प्रतिशत बोनसको मांगलाई अघि राखेर यस विषयमा पनि सभा बोलाउने मांग गरेका छौँ।’

सुरज सुब्बाले अघि भने, चिया उद्योग बाँचे श्रमिक बाँच्छ। जोइन्ट फोरम सदैव श्रमिकहरुको हितमा अघि बढिरहेको छ। श्रमिकहरुको पनि साथ चाहिन्छ।’
उनले बिहीबार धेरैवटा बगानहरुमा चियापत्ती टिपाई नभएको र कयिवटामा भएको बताउँदै श्रमिकहरुलाई काममा जाने निवेदन गर्दै जोइन्ट फोरमले सरकारलाई १५ दिनको समय दिएको छ र यो समयमा सरकारले कुनै कदम नचाले जोइन्ट फोरमले वृहत् आन्दोलन गर्ने चेतावनी दिएका छन्।