भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीकोे सांगठनिक सभा सम्पन्न

IMG-20250227-WA0226

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रीएिक मोर्चा खरसाङ टाउन कमिटीकोे सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ टाउन कमिटीको कार्यवाहक अध्यक्ष सन्दीप बलको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा खरसाङ टाउन कमिटीको प्रतिनिधिहरु, नारी शक्ति अनि युवा शक्तिका प्रतिनिधिसंगै खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर एकदेखि वार्ड नम्बर बीससम्मका सम्पूर्ण प्रतिनिधिहरुलाई लिएर खरसाङ महकुमा पार्टी कार्यालयमा सम्पन्न भयो। सभालाई सञ्चालन गर्दै खरसाङ टाउन कमिटीका कार्यवाहक सचिव बीरबल पाख्रिनले प्रजातान्त्रिक मोर्चा ॐकोे सिद्धान्त अनि अनित थापाकोे कार्यशैली मन पराएर भाजपाबाट समर्थन जनाएका वार्ड नम्बर छका अर्जुन छेत्री, मदन जोगी, सन्दिप राउत, संजय राउत, प्रीति जोगी अनि निखिल राउतलाई खदा लाएर स्वागत जनाए भने भने वार्ड नम्बर उन्नाइसकाे लाक्पा दोर्जे लामालाई खरसाङ महकुमा समितिमा सांगठनिक सचिवकोे पदभार दिएकोमा खरसाङ टाउन कमिटीद्वारा आजको यस सभामा खदा लाएर स्वागत जनाए। यस सांगठनिक सभामा वक्तव्य दिने क्रममा सर्वप्रथम खरसाङ टाउन कमिटी युवा शक्तिका कार्यवाहक अध्यक्ष बन्धन लामाले विपक्षी पार्टीद्वारा जीटीएका मुख्य कार्यपाल अनित थापा एक दिन अघि नै कोलकाता जाने जानकारी दिएर गएको जानकारी स्थानीय पत्रिकामा दिएको थाहा हुँदा हुँदै पनि योजनाबद्ध तरिकाले अगावै मीडियालाई राखी फिल्मी तरिकाले घरमा पुगेको हाँस्यापद कार्य गरेको भन्दै कठोर शब्दमा विरोध गरे। भागोप्रमोका अध्यक्ष अनित थापाले सरलतापूर्वक आस्था अनि विस्वास भएर आउनु भएको होला भनी जुन प्रकारले विपक्षी पार्टीलाई जवाब दिए यो असल नेताकोे पहिचान हो भन्दै स्वागत जनाए। सभामा खरसाङ टाउन कमिटी नारी शक्तिका अध्यक्षा देवकी सुब्बा प्रधानले नारी शक्तिलाई विशेष रुपमा जागरुक भएर विगतमा वार्डमा भइरहेको सांगठनिक सभालाई अगाडी बढाएर लाने निवेदन गर्दै आज संगठनलाई समर्थन गरेर आउने सबैलाई स्वागत जनाए। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा कार्य शैली अनि पार्टीको सिद्धान्त मन पराएर भाजपा पार्टीका दार्जीलिङ जिला ओबीसी सेलका अध्यक्ष मदन जोगीले अनित थापा खरसाङकै छोरो हुनु हुन्छ र हामीले उनलाई साथ दिए मात्र खरसाङ राम्रो हुन्छ भन्ने सोच राखेर मिरिक लगायत विभिन्न क्षेत्रका हाम्रा प्रतिनिधिसँग बात गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आएका हौं‌ र अघि खरसाङमा संगठनलाई बलियाे बनाउनमा पूर्ण कार्य गर्ने बताएका छन्‌। त्यसरी नै आफ्नो वक्तव्य राख्दै खरसाङ महकुमा समितिका अध्यक्ष सुभाष प्रधानले चेयरको राजनीति गर्ने व्यक्तिहरुसंग सचेत बसेर यथार्थकाे राजनीति गर्नु पर्छ भन्दै विगतकोे आन्दोलनमा लाचार साहारा विहीन पहाड़काे जनता हुँदा यहाँका वर्तमानमा विपक्षी नेताहरु कहाँ थिए भनी प्रश्न गर्दै त्यस समय ती जनताहरूसँग उनीहरूकोे दुःख बुझ्ने एक मात्र नेता अनित थापा थिए र हामी सबै मिलेर उनको हात मजबुत वएबनाउन अति आवश्यक रहेको र यसको निम्ति हामी सबैले आ-आफ्नो सांगठनिक जिम्मेवारी बुझ्नु पर्ने बताएका छन्‌। उनले हाउस फर अलकोे घर पाउने बेनिफेसरीहरुलाई विभिन्न बगम फुसेहरूले भ्रमित गरेर पहाड अशान्ति बनाउने षड्यन्त्र गर्नेहरुसँग जोगिने र विगतकोे सभामा जीटीएका मुख्य कार्यपालले यसको निम्ति स्वयं नै यससँग सम्बन्धित निकाय अनि मंत्रालयसित बात गरी घर बनाउने पैसा यथाशीघ्र दिलाउने व्यवस्था गर्छु भनी दिएको आश्वासनलाई पूरा गर्दै कोलकातामा गरिएका कार्यकोे विस्तृत जानकारी सभामा गराएका छन्‌‌। उनले अनित थापाकोे कुशल नेतृत्वमा खरसाङ नगरपालिकाद्वारा भईरहेको विभिन्न विकासमूलक कार्यहरूसँग सबैलाई अवगत गराए। सभामा वक्तव्यको क्रममा केन्द्रीय समितिका सदस्य अनि खरसाङ टाउन कमिटीका संयोजक समीर दीप ब्लोनले पार्टीकाे धरातल खस्किन्दै छ भनी विभिन्न सोसिएल मीडियामार्फत भन्नेहरुलाई आजको यो छोटो समयमा खरसाङ टाउन कमिटीद्वारा डाकिएको सभामा भएको उपस्थितिले प्रमाणित गर्छ कि भागोप्रमोको सांगठनिक धरातल कमजोर छ कि बलियो छ। उनले भने, आज पहाड़मा अनित थापा जस्तो नेताको कुशल नेतृत्त्वकोे छत्र छायाँमा हाम्रो पहाडमा शान्ति शृंखला कायम भईरहेको छ अनि हामी भाग्यशाली छौं कि अनित थापा खरसाङका हुन्। उनको नेतृत्वमा आशा अनि भरोसा राखी संगठनकोे धरातल मजबुत बनाउने निवेदन गरे।

सभामा खरसाङ युवा शक्तिद्वारा आगामी दिनमा घर घर झण्डा लगाउने कार्यक्रमलाई अघि बढाउँदै यूवा शक्ति प्रत्येक वार्डमा पस्न हेतु केही दिनमा नै युवाहरुलाई लिएर सभा आयोजन गर्ने जानकारी खरसाङ यूवा शक्तिका कार्यवाहक अध्यक्ष बन्धन लामाले दिए। अन्त्यमा आजका सभाध्यक्षले आफ्नो सांगठनिक सम्भाषणसंगै सभा समाप्त गरिएको छ। सभामा खरसाङ महकुमा समितिका उपाध्यक्ष शंकर राउत , टाउन कमिटीका सह सचिव संजय मुखिया, सांगठनिक सचिवद्वय रंजन गजमेर, दिनेश छेत्री, कोषाध्यक्ष राजेन प्रधान, प्रमुख सल्लाहकार भोला राउत लगायत कार्यकारी सदस्यहरु साथै नारी शक्ति र युवा शक्तिको पदाधिकारीहरु उपस्थित रहेका थिए‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement