कम्प्युटर शिक्षकको झुण्डिएको शव फेला

IMG-20250227-WA0216

सिलगढी: आज साहुडांगी हाटस्थित मातंगिनी शिशु निकेतन विद्यालयमा विद्यालयका कम्प्युटर शिक्षक अभिजित नाथको झुण्डिएको शव फेला परेकाे छ। बिहान विद्यालय खुल्नेबित्तिकै यो देखेर शोक छाएकाे छ।
खबर पाएलगत्तै मातंगिनी शिशु निकेतनका प्रमुख सञ्जीवकुमार दासले तुरुन्त विद्यालय पुगेर आशिघर पुलिस चौकीलाई खबर गरे। पुलिस विद्यालय पुगेर सबै जानकारी संकलन गरेपछि शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइ दियो।
अभिजित नाथको बारेमा सोध्दा विद्यालयका प्रधानाध्यापक सञ्जीव कुमार दासले आफू धुपगुरीका बासिन्दा भएको बताए।
उनी हरेक शुक्रबार कम्प्युटर क्लासका लागि विद्यालय आउने गर्थे, दासले बताए।
तर कहिलेकाहीँ उनी आफ्नो परिवारसँग विद्यालयमा बस्ने गर्थे दासले जनाए। हिजो विद्यालय बन्द भएकाले आफू केही कारणले सिलगढी आएको सञ्जीव कुमार दासले बताए।
बुधबार राति विद्यालयमा बस्नका लागि अभिजितले उनीबाट विद्यालयको चाबी ल्याएका प्रधानाध्यापकले बताए। र आज विद्यालय खुल्ने बेलामा यस्तो घटना देखियो। उनको साथबाट सुसाइड नोट पनि फेला परेको छ।
सुसाइड नोट पुलिसलाई दिएको छ। पुलिसले उनको परिवारलाई पटकपटक सम्पर्क गर्ने प्रयास गरे तर उनीसँग फोनमा सम्पर्क हुन नसकाे प्रधानाध्यापकले जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement