सिलगढी: सोमबार राति फूलबाड़ीको चुनाभट्टी इलाकामा रहेको एशियन हाइवे छेउको काली मन्दिरको फलामको गेट तोडेर चन्दा पेटीबाट पैसा र गरगहना चाेरी गरने दुई चोर पक्राउ परेका छन्।
मन्दिरका पुजारीले दान पेटीबाट करिब १५ हजार रुपैयाँ नगद र आमालाई दिएको सुनको सिक्का चोरी भएको बताएकाे थिए।
मंगलबार बिहान एनजेपी थानामा लिखित उजुरी परेपछि एनजेपी थानाको पुलिसले अनुसन्धान शुरु गरेका थिए।
अनुसन्धानको क्रममा बुधबार राति फुलबाड़ीकाे जुम्मागछ निवासी नूर आलम र सिपाईपाड़ा निवासी राणा दत्तालाई चोरीको आरोपमा पक्राउ गरियाे। उनीहरुको साथबाट पुलिसले चुनाभट्टी मन्दिरबाट चोरी गरेको तीन सुनका सिक्का र केही नगद बरामद गरे।
पुलिसले बाँकी सामान बरामद गर्ने प्रयास गरिरहेको छ।
पक्राउ परेकाहरूलाई बिहीबार जलपाईगुडी अदालतमा पेश गरिएकाे उक्त प्रहरी चौकीका एक कर्मचारीले बताए