नक्सलबारी पुलिस चौकी परिसरमा आँखा जाँच शिविरकाे आयोजना

IMG-20250227-WA0202

नक्सलबाड़ी: नक्सलबाड़ी लायन्स क्लबको आयोजनामा ​​र दार्जिलिङ जिल्ला पुलिस, नक्सलबाड़ी पुलिसको सहकार्यमा आँखा शिविर आयोजना गरियाे।
बिहीबार नक्सलबाड़ी पुलिस चौकी परिसरमा उक्त शिविरकाे आयोजना गरिएको थियो । उक्त शिविरमा ४० जनाको आँखा परीक्षण गरिएको बताइएको छ।
सो अवसरमा लायन्सका अध्यक्ष कौशिक आचार्य, नरेन्द्र प्रसाद, प्रल्हाद कुमार विश्वास, देवप्रसाद भौमिक, निमाल्य विश्वास, बनवारीलाल महेश्वरी, विजय अग्रवाल, राजकुमार मोदी, पवन अग्रवाल आदिको उपस्थित थिए।
कौशिक आचार्यले प्रत्येक महिनाको अन्तिम बिहीबार नक्सलबाड़ी पुलिस चौकीमा यो आँखा जाँच शिविर आयोजना गर्ने बताए।
मोतिबिन्दुको समस्या देखिएमा मोतिबिन्दु परीक्षणका लागि अस्पताल लगिन्छ। शिविरमा आज विभिन्न परिक्षण समेत गरिएको उनले बताए।


आगामी अप्रैलमा मेगा शिविर सञ्चालन गरिने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement