लाहौर: मुख्य प्रशिक्षक जोनाथन ट्रटले अफगानिस्तानले च्याम्पियन्स ट्रफीको म्याचमा ईंग्ल्याण्डविरुद्ध यादगार जीत हासिल गरेपछि उनको टीमलाई अब अन्य कुनै पनि टीमले हल्कामा नलिने बयान दिएका छन्। इब्राहिम जादरानको १७७ रन अनि पेस बलर अजमतुल्लाह उमरजईको ५ विकेटको सहायताले अफगानिस्तानले बुधवार ईंग्ल्याण्डविरुद्ध ८ रनले रोमाञ्चक जीत हासिल गऱ्यो। अष्ट्रेलियाविरुद्ध शुक्रवार खेलिने गर या मर म्याच अघि अफगानिस्तानका प्रशिक्षक ट्रटले हालै वनडे वर्ल्ड कपमा यस टीमविरुद्ध यादगार प्रदर्शनले आत्मविश्वास प्रदान गर्ने बताए। उनले भने, म प्रशिक्षक बनेपछि अफगानिस्तानले तीनपल्ट अष्ट्रेलियाविरुद्ध खेलेको छ अनि प्रत्येकपल्ट हामीले कड़ा चुनौती दिएका छौं। यस तथ्यबाट हामीले धेरै आत्मविश्वास लिनु पर्नेछ। पहिलो वनडे वर्ल्ड कप, त्यसपछि टी२० वर्ल्ड कप अनि यसपाली च्याम्पियन्स ट्रफीमा हाम्रो प्रदर्शन देखेपछि अफगानिस्तानलाई अब अन्य कुनै टीमले हल्कामा लिनेछ जस्तो मलाई लाग्दैन। अष्ट्रेलियाले पनि हामीलाई हल्कामा लिने छैन। यसैकारण हामी तयार रहनु पर्नेछ। हामी यसपाली पनि कड़ा चुनौती दिनेछौं।