खरसाङ: आज खरसाङमा आँगनबाड़ी कर्मी र सहायकहरूको हक अधिकारको लागि गठित आईसीडीएस कर्मी र सहायक कर्मी कल्याण संगठनको सभा सम्पन्न भयो। उक्त सभा यहाँको गोर्खा जनपुस्ताकालय भवनमा खरसाङका आँगनबाड़ी कर्मी अञ्जु प्रधान अनि हेमा गुरुङको सञ्चालनमा सम्पन्न भयो। उक्त सभामा आईसीडीएस कल्याण संगठनको राज्य स्तरीय, जिल्ला स्तरीय र खण्ड स्तरीय पदाधिकारीहरू उपस्थित रहेका थिए। सभामा खरसाङ खण्ड लगायत विभिन्न क्षेत्रबाट आँगनबाड़ी कर्मीहरू र सहायकहरू उपस्थित रहेका थिए।