हमासले फेरि पठायो चार बन्धकको शव

IMG-20250227-WA0056

न्यू दिल्ली: इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले फेरि चार बन्धकहरूको शव फिर्ता गरेको छ।
इजरायल र हमासबीच भएको सम्झौताको पहिलो चरण अन्तर्गतको यो बन्धक र कैदीहरूको अन्तिम आदानप्रदान भएको जनाइएको छ।
हमासले हस्तान्तरण गरेका चार बन्धकहरूको शव अझै पहिचान हुन सकेको छैन। हमासले भने उनीहरूको नाम खुलासा गरेको छ। 
हमासका अनुसार शव पठाइएकोमा ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय सच्ची इदान र ६९ वर्षीय इत्जिक अल्ग रात समावेश छन्।
७ अक्टोबर २०२३ मा हमासको आक्रमणको क्रममा उनीहरुलाई बन्धक बनाइएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यी बन्धकहरूको शव फिर्ता गरिएको पुष्टि गरेका छन्। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement