ट्रम्पको पहिलो क्याबिनेट बैठक, जेलेन्स्कीलाई झट्का

IMG-20250227-WA0124

न्यू दिल्ली: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिबाट चीन वा अमेरिका विरोधी देशहरू मात्र चिन्तित छैनन्। अमेरिकालाई फेरि महान् बनाउने अभियान चलाइरहेका ट्रम्पको नीतिबाट अमेरिकाका नजिकका साथीहरू पनि असन्तुष्ट छन्। यो कुरा राष्ट्रपतिकै पहिलो मन्त्रिपरिषद् बैठकमा स्पष्ट देखियो। 
बैठकमा ट्रम्पका निकटस्थ खर्बपति व्यापारी एलन मस्क पनि उपस्थित थिए। यस भेटमा ट्रम्प र मस्क दुवैले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ४४० भोल्टको झट्का दिए। नेटोमा सामेल हुने सपना युक्रेनले त्याग्नु पर्ने  ट्रम्पले स्पष्ट पारेका छन्। 
बैठकपछि ट्रम्पले युरोपेली देशहरूलाई लक्षित गर्दै युरोपेली संघ (ईयू) अमेरिकालाई समस्यामा पार्न गठन गरिएको सम्म भन्न भ्याए। दशकौं अघि वासिङ्टनको प्रोत्साहनमा ईयूको गठन भएको थियो। इमानदारीपूर्वक भन्नुपर्दा, ईयू अमेरिकालाई समस्यामा पार्नको लागि गठन गरिएको ट्रम्पको भनाइ थियो। नेटोमा सामेल हुने युक्रेनको आकांक्षालाई ट्रम्पले ठाडै अस्वीकार गरेका छन्। यही मुद्दाले तीन वर्ष लामो युद्ध निम्त्याएको उनको भनाइ थियो।
यसो भनिरहँदा ट्रम्पले एक तवरले रुसको अडानलाई दोर्होयाए। नेटोको सदस्यताकै कारण युक्रेन युद्ध शुरु भएको पनि उनले बताए। युक्रेनमा शान्ति वार्तामा आफूले सुरक्षाको ग्यारेन्टी भन्दा बढी अरु केही नगर्ने र यो निर्णय आफूले यूरोपलाई गर्न दिने पनि उनले भने। जेलेन्स्की शुक्रबार अमेरिका जाँदैछन्। यस क्रममा उनले अमेरिकालाई युक्रेनमा भएको दूर्लभ खनिज र धातु दिने सम्झौतामा हस्ताक्षर गर्ने आशा गरिएको छ। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement