बक्सर बिजेन्दर सिंह बीएफआई-को चुनाउ लड़्न तयार

IMG-20250227-WA0186

नयाँ दिल्ली: ओलम्पिकमा पदक जित्ने भारतका पहिलो अनि एकमात्र पुरुष बक्सर बिजेन्दर सिंहले भारतीय बक्सिंग महासंघ (बीएफआई)-मा चाँड़ै चुनाउ गराउने अपील गर्दै मौका प्राप्त भए उनी चुनाउ लड़्नमा पनि संकोच नगर्ने बताएका छन्। बेजिंग ओलम्पिक २००८-को काँस्य पदक विजेता ३९ वर्षीय बिजेन्दर अहिले पेशादार सर्किटमा खेलिरहेका छन् तर उनले २०२२ पछि कुनै लड़ाइँ लड़ेका छैनन्। बिजेन्दरले पीटीआई-लाई भने, चुनाउन जहिलो पनि हुनेछ, म त्यसमा ओर्लिन तयार छु। मैले पूरा जीवन संघर्ष गरेको छु अनि यो मेरो निम्ति अझ एउटा लड़ाइँ हुनेछ। मलाई समर्थन प्राप्त हुनेछ या छैन भन्ने थाहा छैन तर म चुनाउ लड़्नदेखि डराउँदिन। मलाई बद्लाउ गर्ने मौका प्राप्त भए म आफ्नो तर्फबाट सर्वश्रेष्ठ प्रयास गर्नेछु तर यसको अर्थ म खेलाड़ीको रूपमा सन्न्यास लिन गइरहेको छु भन्ने पनि होइन। म अहिले नै यस्तो गर्ने छुइनँ।
यसअघि बिजेन्दरले आफ्नो एक्स एकाउण्टमा लेखेका थिए, भारतीय बक्सरहरूले असल प्रदर्शन गर्नको निम्ति विदेशमा अभ्यास गर्नु जरूरी छ। उनले प्रधानमन्त्री कार्यालय र खेल मन्त्री मनसुख माण्डवियालाई ट्याग गर्दै लेखेका थिए, यसको निम्ति हामीले एउटा मजबूत महासंघ बनाउनको निम्ति चाँड़ै नयाँ अनि निष्पक्ष चुनाउ गराउने आवश्यकता छ। सरकारले हामीलाई कुनै जिम्मेवारी दिए मलाई आफ्नो अनुभवद्वारा योगदान दिनमा खुशी हुनेछ। उनको यो टिप्पणी भारतीय ओलम्पिक संघ (आईओए)-द्वारा बीएफआई-को चुनाउहरूमा विलम्बले गर्दा महासंघको कामकाज हेर्ने जिम्मेवारी तदर्थ समितिलाई सुम्पिएको केही दिनपछि आएको छ। अजय सिंहको नेतृत्वमा रहने बीएफआई-ले फसेलाको विरोधमा दिल्ली उच्च न्यायालयमा चुनौती दिने वाचा गरेको छ अनि आईओए-को आदेशलाई अवैध बताएको छ। बीएफआई पदाधिकारीहरूका कार्यकाल ३ फरवरीमा समाप्त भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement