जलपेश मन्दिरका सचिवले अतिरिक्त पुलिस उपरीक्षकलाई दुर्व्यवहार गरेको आरोप

IMG-20250227-WA0152

जलपाईगुडी: प्रयागराजमा करोडौंको भीडमा विना बाधा कुम्भ मेला आयोजना भइरहेका बेला पश्चिम बङ्गालमा भने सानो कार्यक्रमका बारेमा पनि उजुरी आइरहेका छन्l जलपेश मन्दिरका सचिवले पुलिसले धम्की दिएको आरोप लगाएका छन्।
जलपेश मन्दिर उत्तर बंगालको प्राचीन मन्दिरहरू मध्ये एक हो। हरेक वर्ष झै यस वर्ष पनि शिवरात्रिको अवसरमा मन्दिरमा पूजा आराधना गरिएको छ। अर्कोतर्फ, जलपाईगुडी जिल्ला परिषदले यस पूजाको सम्झनामा दश दिने मेलाको आयोजना गरेको छ। हरेक वर्ष झै यस वर्ष पनि पुजा तथा मेलामा लाखौंको भिड लाग्ने प्रशासनको अपेक्षा छ। यसैबीच, जलपाइगुडी जिल्लाका अतिरिक्त पुलिस अधीक्षक समीर अहमदले जलपेश मन्दिर सचिव गिरिन्द्रनाथ देब विरुद्ध दुर्व्यवहारको आरोप लगाएका छन्। र त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै सनसनी फैलियो। 

भाइरल भिडियोमा मन्दिरका सचिव गिरिन्द्रनाथ देबले एडिशन एसपीले आफूलाई कुटपिट गर्न आएको भन्दै सुनिन सक्छन्। पश्चिम बंगालको यस्तो परम्परागत मन्दिरमा पूजाको पहिलो दिन यस्तो दृश्य देखेर सबै अचम्भित भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement