खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की अमेरिका जाँदै

IMG-20250226-WA0314

न्यू दिल्ली: युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्सकी अन्तत: अमेरिकालाई खनिजको स्वामित्व दिन तयार भएका छन्। दुई देशबीच बुधबार खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति जुटेको हो। सहमति भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्ने भएका छन्। 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की सहमतिमा हस्ताक्षर गर्न तयार रहेको बताएका छन्। त्यसका लागि जेलेन्स्की यसै साता ह्वाइट हाउस आइपुग्ने ट्रम्पको भनाइ छ। ‘युक्रेनी राष्ट्रपति शुक्रबार आउने भन्ने सुनेको छु,’ ट्रम्पले ओभल अफिसमा पत्रकारसँग भने, ‘पक्कै पनि यो मेरो साथ ठीक छ यदि उसले चाहन्छ भने। म बुझ्छु, यो ठूलो कुरा हो, धेरै ठूलो कुरा।’
केहि दिनयता युक्रेनी खनिजको स्वामित्वका विषयमा दुई देशबीच कुराकानी भइरहेको थियो। ‘हामीले वास्तवमै केही राम्रा परिमार्जनसहित त्यसमा सहमति जनाएका छौं। यसलाई सकारात्मक परिणामको रूपमा हेरेका छौँ,’ एक वरिष्ठ युक्रेनी अधिकारीले भनेका छन्।
अमेरिकाले यसअघि ५ खर्ब अमेरिकी डलर बराबरको युक्रेनी ‘रेयर अर्थ मेटल’का साथै तेल तथा ग्यासलगायत प्राकृतिक स्रोतसाधनमा अधिकार दाबी गरेको थियो। तर अमेरिका त्यसमा भने केही पछि हटेको फाइनान्सियल टाइम्सले जनाएको छ। तर सहमतिमा यसअघि जेलेन्स्कीले राखेको युक्रेनको सुरक्षाबारे भने सहमतिले कुनै ग्यारेन्टी सुनिश्चितता नगरेको बीबीसीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement