राज्यपाल माथुरले जनाए शिवरात्री कार्यक्रममा सहभागिता

IMG-20250226-WA0311

गान्तोक: शिवरात्रीको अवसरमा राज्यपाल ओम प्रकाश माथुरले आज गान्तोक जिल्लाअन्तर्गत जालीपुलस्थित कांची कामाकोटी पीठम (मन्दिर)मा आयोजित कार्यक्रममा सहभागिता जनाए। यस अवसरमा राज्यपालले रुद्राभिषेक अनि आरतीमा सहभागिता जनाउँदै सिक्किम र सिक्किमवासीको सुख समृद्धिको निम्ति कामना गरे।
आजको कार्यक्रम राज्यपाल माथुरद्वारा मन्दिर प्राङ्गणमा पूजा-अर्चनाबाट गरिएको थियो भने पछि उनले शिवलिङ्गमा रुद्राभिषेक पनि गरे। यस अवसरमा राज्यपालले कार्यक्रम आयोजक समितिका सदस्यहरूसँग कुराकानी पनि गरे। यति भव्य आध्यात्मिक कार्यक्रम आयोजना गरेकोमा उनले आयोजक पक्षलाई बधाई दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement