गान्तोक: हाल सिक्किम राज्यको आधिकारिक भ्रमणमा रहेकी भारत सरकारकी स्वास्थ्य एवं परिवार कल्याण राज्यमन्त्री श्रीमती अनुप्रिया पटेलले आज राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरिन्। राजभवनमा भएको भेटवार्ताको क्रममा केन्द्रीय मन्त्री र राज्यपाल बीच विभिन्न विषयमा गहन चर्चा भयो। विशेष गरेर सिक्किम राज्यमा स्वास्थ्य सेवालाई सुदृड़ बनाउने दिशामा विशेष चर्चा भएको राजभवनद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ।