सिक्किमलाई तोड्न चाहने षडयन्त्रकारीहरूको बिरुद्ध मुख्यमन्त्रीको हुँकार

n653716293174059083365827541fff2c2c536df1bfe10172a03567f7802b54a294096894152f21986b651f

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घको ३०औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै पूर्व सरकारले ‘विभाजन गर र शासन गर’ नीति अपनाएर सिक्किमलाई जात-जातमा विभाजन गरेको आरोप लगाए।
उनले एसकेएम पार्टीको सरकार गठन भए पछि सिक्किममा खस समुदायका साथै सबै जात जातिहरू एक हुने प्रकिया शुरू भएको बताए।
मुख्यमन्त्रीले आज गेजिङको क्योङ्सा खेल मैदानमा आयोजित अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घको ३०औं स्थापना दिवस समारोहमा बोल्दै सो कुरा बताएका हुन्। उनले पूर्व सरकारलाई निशाना बनाउॅंदै पूर्व सरकारले खस समुदायलाई कहिले पनि एक हुन नदिएको र जब-जब खस समुदाय एक हुन चाहन्थे तब सरकारको आँखाको निशाना हुनुपरेको बताए।
उनले प्रत्येक सिक्किमेली जनताले स्वतन्त्र रूपले बाँच्न पाउनुपर्छ भन्दै सिक्कमेली समुदायको मेरुदण्ड खस समुदायले आफ्नो स्थापना दिवस ३०वर्षपछि स्वतन्त्र रूपले मनाउन पाएको बताए। उनले खस समुदायको एकतालाई तोडेर टुक्राउन चाहने शक्तिहरू छन् भन्दै खस समुदाय कसैगरी टुक्रिनु हुँदैन भनी आह्वान समेत गरे।
मुख्यमन्त्रीले भने, सिक्किमको एकतालाई कहिले पनि तोड्न दिनेछैनौं। हामी तोडेर होइन जोडेर सरकार चलाउँछौं। उनले सिक्किमलाई तोड्न चाहने षडयन्त्रकारीहरू सिक्किम भित्र र बाहिर रहेको दाबी गरे। यस्तो खाले कथित हल्लाले सरकार हल्लिन्छ भन्ने षडयन्त्रकारीहरूको सपना कहिले पनि पूरा नहुने उनको हुँकार थियो ।
वर्तमान सरकारले खस समुदायलाई विशेष महत्व दिएको उल्लेख गर्दै मुख्यमन्त्रीले २५ वर्षसम्म खस समुदायले माथि उठ्ने मौका नपाएको बताए। खस सङ्घका अध्यक्षले राखेका विभिन्न मागहरूलाई सम्बोधन गर्दै सबै मागहरू पूरा गरिने उनले घोषणा गरे। यसै क्रममा मुख्यमन्त्रीले खस समुदायलाई मान सम्मान प्रदान गर्दै प्रत्येक वर्ष २६ फरवरीमा सरकारी विदा दिइने घोषणा गरे। कार्यक्रममा खस समुदायका विभिन्न व्यक्तित्वहरूलाई खस गौरव सम्मानद्वारा अभिनन्दित पनि गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement