वनडे ब्याटरहरूका ऱ्याङकिंगमा शीर्ष ५ मा भारतका ३ जना खेलाड़ी

IMG-20250226-WA0302

दुबई: दिग्गज ब्याटर विराट कोहली च्याम्पियन्स ट्रफीमा पाकिस्तानविरुद्ध शतकको सहायताले आईसीसी पुरुष वनडे ब्याटरहरूका ऱ्याङकिंगमा फेरि शीर्ष ५-मा पुगेका छन्। कोहलीले दुबईमा खेलिएको म्याचमा बनाएको अविजित शतक (अविजित १००)-ले आईसीसी ऱ्याङकिंगमा उनलाई फाइदा भएको छ। ऱ्याङकिंगको शीर्ष ५-मा भारतका ३ जना ब्याटर रहेका छन्। भारतका शुभमन गिल शीर्ष स्थान अनि कप्तान रोहित शर्मा तेस्रो स्थानमा कायम छन्। पाकिस्तानका बाबर आजम च्याम्पियन्स ट्रफीमा निराशाजनक प्रदर्शनपछि पनि दोस्रो स्थानमा कायम छन्। न्यूजील्याण्डका ओपनर विल यंगले पनि व्यापक सुधार गरेका छन्। उनी ८ स्थान अघि बढेर १४औं स्थानमा पुगेका छन्। यसरी ईंग्ल्याण्डका बेन डकेट पनि २७ स्थान अघि बढेर १७औं र न्यूजील्याण्डका रचिन रविन्द्र १८ स्थान अघि बढ़ेर २४औं स्थानमा पुगेका छन्। यी दुवैले च्याम्पियन्स ट्रफीमा शतक बनाएका छन्। भारतका केएल राहुल (१५औं) र दक्षिण अफ्रिकाका रासी वान डेर डुसेन (१६औं स्थान) पनि शीर्ष १०-को नजिक पुगेका छन्। वनडे बलरहरूका ऱ्याङकिंगमा श्रीलंकाका महेश थीक्ष्णा च्याम्पियन्स ट्रफीमा नखेले पनि शीर्ष स्थानमा कायम छन्। यसरी अफगानिस्तानका स्पिनर राशिद खान दोस्रो स्थानमा रहेका छन्। अफगानिस्तानका अनुभवी मोहम्मद नबी वनडे अलराउण्डरहरूका सूचीमा शीर्ष स्थानमा कायम रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement