नाम्ची: राज्यकै एक प्रमुख धार्मिक पर्यटन स्थल सोलोफोकस्थित सिद्धेश्वर धाम (चार धाम)मा आज महाशिवरात्री कार्यक्रम (पूजा) भव्यरूपमा आयोजना गरियो। यस अवसरमा पोकलक कामराङ समष्टिका विधायक एवं सिक्किम सरकारका शहरी विकास मन्त्री भोजराज राईको विशेष उपस्थिति रहेको थियो। यस अवसरमा मन्त्री राईले रुद्राभिषेक साथै साँझको आरतीमा सहभागिता जनाए।
यस विशेष अवसरमा मन्त्री भोजराज राईको साथमा नाम्ची सिङ्गीथाङ समष्टिका विधायक सतिश चन्द्र राई, नाम्ची नगर पञ्चायतका अध्यक्ष गणेश राई साथै अन्यको पनि उपस्थिति रहेको थियो। उल्लेखनीय छ, प्रत्येक वर्ष सिद्धेश्वर धाममा यसरी नै महाशिवरात्री कार्यक्रम भव्यतासित पालन गरिने गर्छ।