गान्तोक: पाकिम जिल्लाको नामचेबुङमा अवस्थित मानव धर्म ध्यान केन्द्रमा आयोजित तीन दिवसीय योग ध्यान साधना शिविर आइतवार समाप्त भयो। मानव उत्थान सेवा समिति, उत्तरपूर्वाञ्चल क्षेत्र, सिलगढीकी प्रभारी साध्वी महात्मा दीपिका बाईजीको विशेष सान्निध्यमा सम्पन्न तीन दिवसीय योग ध्यान साधना शिविरमा उत्तरपूर्वाञ्चल क्षेत्र, सिलगढीको सम्पूर्ण तहसिल प्रभारी साध्वी महात्मागणको ठूलो सङ्ख्यामा उपस्तिथि थियो। तीन दिवसीय योग ध्यान साधना शिविरको अन्तिम दिन आइतवार सन्तमागम सत्सङ्ग समारोह आयोजना गरेको थियो। यस अवसरमा सिक्किमको ६ वटै जिल्लाबाट समितिका भक्तजन, नामचेबुङका स्थानीय वासिन्दा र नागरिक समाजका विशिष्ट व्यक्तित्वहरु उपस्थिति थियो। सन्तमागम सत्सङ्ग समारोहलाई दार्जीलिङ बिजनबारी तहसिल प्रभारी महात्मा तारिका बाईजी, डुवर्स बाग्राकोट तहसिल प्रभारी महात्मा मुकुन्दा बाईजी, सिक्किम गान्तोक तहसिल प्रभारी महात्मा निलम्बरा बाईजी अनि मानव उत्थान सेवा समिति उत्तरपूर्वाञ्चल क्षेत्र, सिलगढीकी प्रभारी महात्मा दीपिका बाईजीले सम्बोधन गरेकी थिइन्। आफ्नो सम्बोधनमा प्रभारी महात्मागणले अध्यात्म ज्ञानको अभावमा वर्तमान युवापीढी नशालु पदार्थ सेवनको कुलतमा फँसीरहेको बताए। मातापिताले आफ्ना नानीहरुलाई आध्यात्मिक संस्कार नदिएकाले नानीहरु रिहेब सेन्टर र स्वयं मातापिताहरु वृद्ध आश्रमहरुमा पुगिरहेको महात्मागणले थप बताए। “आफ्नो जीवनबाट अध्यात्मलाई लत्याएको कारण युवाहरु गलत मार्गमा हिडिरहेका छन्। आनन्द र सन्तुष्टिको चाहना राख्ने युवाशक्ति नशाको कुलतमा फँसिरहेका छन्, महात्मागणले भने। आफ्ना नानीहरुका सुन्दर भविष्य निर्माणमा सम्पूर्ण जीवन खपाएका मातापिताहरु आज वृद्ध आश्रमहरुमा रहल जीवन बिताउन बाध्य भएका छन्। भौतिक, सामाजिक, आर्थिक, शैक्षिक अनि कानुनी पक्षहरुबाट युवाहरूलाई नशाको कुलतबाट बचाउन भरमग्दुर प्रयास भईरहेता पनि असफलता मात्र हात लागेको बताउँदै छोराछोरीलाई अध्यात्म मार्गमा डोर्यापउनु होस, सबै रिहेब सेन्टर मेडिटेशन सेन्टरमा परिणत हुनेछ, महात्मागणले आफ्नो सम्बोधनमा भने। सन्तमागम सत्सङ्ग समारोहको यो अवसरमा भक्तिमय साङ्गीतिक भजनहरु अनि प्रस्तुत गरिएको थियो।