नाम्ची: आगामी २ देखि ४ मार्चसम्म नाम्चीमा आयोजना गरिने राज्यस्तरीय कलाकार भरोषा सम्मेलनको तयारीलाई लिएर आज यहाँ एउटा बैठक बस्यो। जिल्ला प्रशासनिक केन्द्रमा बसेको बैठकलाई नाम्ची सिङ्गीथाङ समष्टिका विधायक सतिश चन्द्र राईले अध्यक्षता गरेका थिए। बैठकमा नाम्चीकी जिल्लापाल सुश्री अनुपा तामलिङ, अतिरिक्त जिल्लापाल (मुख्यालय) सुवास घिमिरे, महकूमा अधिकारीहरू साथै विभिन्न विभागका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो। उल्लेखनीय छ, तीन दिने कार्यक्रमको उद्घाटन समारोह स्थानीय सेन्ट्रल पार्कमा हुनेछ भने पछिल्ला दुई दिनको कार्यक्रम भने टाउन हालमा सम्पन्न हुनेछ।
आजको तयारी बैठकलाई सम्बोधन गर्दै विधायक सतिश चन्द्र राईले आगामी कार्यक्रमलाई सफलातपूर्वक सम्पन्न गराउन विभिन्न सम्बन्धित विभागमा असल तालमेलमाथि जोर दिए। यसको निम्ति उनले नाम्ची बजारको सरसफाईमा विशेष जोर दिएका छन्।