जङ्गुकी प्रेमकित लेप्चालाई ‘अभिनव कृषक पुरस्कार’

IMG-20250226-WA0298

गान्तोक: उत्तर सिक्किमको तल्लो जङ्गुअन्तर्गत गोरकी पेमकित लेप्चा प्रतिष्ठित “आइसीएआर-आइएआरआइ अभिनव कृषक पुरस्कार २०२५” की विजेती बनेकी छन्। उनलाई यो पुरस्कार २४ फरवरीको दिन पुसा कृषि विज्ञान मेला २०२५ मा सचिव एवं महानिर्देशक डा. हिमांशु पाठक अनि निर्देशक डा. श्रीनिवास रावले प्रदान गरेका हुन्। कृषि-परितन्त्र उत्पादनशीलता बढाउन उनले पारम्परिक लेप्चा ज्ञानलाई आधुनिक खेती तकनिकीसँग एकिकृत गर्दै जैविक खेती शुरु गरेकी हुन्। दिसम्बर २०२१ देखि उनले सिक्किम सरकारको बागवानी विभागद्वारा संयुक्त रूपमा कार्यान्वित जनजाति उपयोजना अन्तर्गत आइसीएआर-एनईएच, सिक्किम केन्द्र, तादोङ, गान्तोकसँग सहकार्य गर्दै आएकी छन्। लेप्चाले विस्तृत रूपमा विविध फसल बालीको जर्मप्लाज्म संरक्षणका साथमा विविधतापूर्ण जैविक धानको खेतीमाथि ध्यान केन्द्रित गर्दैआएकी छन्। यसका साथै गोर-तारयोङ इलाकामा जनजाति उपयोजनाको सक्रिय सहयोगका साथ ग्रामीण स्तरीय जल आपूर्ति सञ्जाल स्थापित गर्न सामुदायिक पहल पनि गरेकी छन्। गाउँका अन्य कृषकहरूबाट फसल-बाली सङ्कलित गरी “ईडन गार्डन” ब्राण्ड शुरु गर्दै बजार पनि सुरक्षित गरेकी छन्। विविध जैविक खेतीका साथै गैर मौसमी साग-सब्जीको खेती गरी श्रीमती लेप्चाले आफ्नो समूहका सदस्यहरूका लागि बढी नाफा पनि सुनिश्चित गरेकी छन्। उनको सामुदायिक खेतीको प्रयासले सिक्किमका युवा पिँढीलाई सक्रिय रूपमा जैविक खेती गर्दै समृद्धि कृषि भविष्य सुनिश्चित गर्न प्रेरित गर्दैआएको छ। पेमकित लेप्चाले यस प्रतिष्ठित पुरस्कार प्राप्त गर्न सक्रिय सहयोग अनि मार्गदर्शनका लागि डा. भीके मिश्र, डा. एस हजारिका डा. आर देवदास, सौरभ शाह एवं टोली लगायत आइसीएआर सिक्किम केन्द्रका वैज्ञानिक लगायत सिक्किम सरकारको बागवानी विभागका अधिकारीहरूप्रति आभार व्यक्त गरेकी छन्। (पीआइबी)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement