रम्फू: दक्षिण सिक्किमको मामरिङमा अवस्थित सरकारी सेरीकल्चर फार्ममा गत २० देखि २३ फरवरीसम्म अनुसंधान विस्तार बोर्ड सिक्किम राज्यका वरिष्ठ तकनीकी सहायक(प्रभारी) भानु शिलालको विशेष अगुवाइमा तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो। यस अवसरमा विभागका अधिकारी लगायत वैज्ञानिकहरूले जैविक खेती, रेशम खेती लगायत उधमयशिलता विषयहरू माथि प्रशिक्षण दिएका थिए।
तीन दिने कार्यक्रमको समापन समारोहमा सिक्किम सरकारको वन विभागअधिनस्थ रेशम निर्देशालयका सहायक वन संरक्षक(एसीएफ), सेरीकल्चर नवीन थापा मुख्य अतिथिको रुपमा उपस्थित थिए। यस अवसरमा तीनजना प्रशिक्षार्थी धन बहादुर राई(स्यापले), रमेश कुमार छेत्री(सामसिङ डुगा) र नर बहादुर तामाङ(सामसिङ डुगा)लाई मुख्य अतिथिको बाहुलीबाट पारितोषिकसहित प्रमाण पत्र प्रदान गरियो।
यस प्रशिक्षण कार्यक्रममा विभिन्न क्षेत्रबाट जम्मा २५ जना नयाँ किसानहरूले पनि भाग लिएका थिए।











